प्रवक्ता श्रेष्ठमाथि ओलीको  कटाक्ष : आन्दोलनको कमाण्डर रे ! खुट्टी हेर्दै चाल पाइयो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि कटाक्ष गरेका छन्। बिहीबार बालुवाटारमा भएको आफ्नो समूहको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा ओली नारायणकाजीमाथि खन्‍निएका हुन्। 

एकीकृत नेकपा प्रवक्ता रहेका श्रेष्ठलाई ओली समूहले हटाएर नयाँ प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकिसकेको छ। यस्तोमा उनैलाई माधव-प्रचण्ड समूहले संसद विघटन गर्ने आफ्नो कदमविरुद्ध आन्दोलनको कमाण्डर बनाएपछि ओलीले कटाक्ष गरेका हुन्।

प्रचण्ड-माधव नेतृत्वको नेकपाले नारायणकाजीको नेतृत्वमा संसद विघटनविरुद्ध करिब २५ सय जना सम्मिलित आन्दोलन परिचालन समिति बिहीबार दिउँसो कार्की पार्टी प्यालेसमा बसेको बैठकबाट गठन गरेलगत्तै ओलीले त्यसप्रति व्यंग्य गरेका हुन्। 'जसले न त कहिल्यै आन्दोलनमा भाग लियो न त जनयुद्ध नै लड्यो। लुकेर हात मिलाउनेलाई आन्दोलनको कमाण्डर?', ओलीले व्यंग्य गर्दै भने, 'न त कहिले कुनै जुलुसमा हिँडेको नारायणकाजीले हामीविरुद्ध आन्दोलन गर्ने रे ! खुट्टी हेर्दै चाल पाइयो।'





  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १६:२२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया