कोरोना महामारी अन्त्यको सुरुवातः लगाइँदैछ यी देशमा खोप

गत वर्ष डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोनाभाइरस महामारीले अहिले विश्वलाई रुवाइरहेको छ । तर, अब विस्तारै यो महामारीबारे नयाँ सुखद समाचार आउन थालेका छन् । 

अहिलेसम्म यो भाइरसका कारण विश्वभर १७ लाख ४१ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । ७ करोड ९४ लाख मानिसमा कोरोना संक्रमण  पुष्टि भइसकेको छ । 

अहिलेसम्म यो भाइरसका कारण सबैभन्दा बढी अमेरिकामा १ करोड ८६ लाखमा संक्रमण देखिएको छ । त्यहाँ कोरोनाका कारण ३ लाख २९ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । 

तर, अब विस्तारै कोरोना महामारीको अन्त्य पनि हुन थालेको छ । अहिले विश्वभरका विभिन्न देशमा कोरोनाको खोप लगाउन सुरु गरिएको छ । 

यसरी कोरोना खोप लगाउन सुरु गरिने देशमा चीन, रुस, बेलायत, क्यानडा, अमेरिका, इजरायल, स्विट्जरल्यान्ड, बहराइन, मेक्सिको, चिली, कोस्टारिका रहेका छन् । 

अब केही दिनमा नै अर्जेन्टिना, आयरल्यान्ड र मोरक्कोमा पनि यसको खोप लगाउन सुरु गरिँदै छ । 



त्यस्तै, भारत र ब्राजिलमा आगामि जनवरीदेखि कोरोनाभाइरस भ्याक्सिन लगाउने क्रम सुरु गरिने बताइएको छ । 



  • प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार २२:३५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया