गायक विशाल निरौलाको नयाँ गीत रिलिज भएको छ । ‘माया लाउन मसँग’ बोलको गीतमा विशालसँगै पछिल्लो समयकी व्यस्त गायिका रचना रिमालको समेत स्वर रहेको छ ।
गीतमा पछिल्लो समय टिकटकबाट चर्चा कमाएका जुम्ल्याहा दिदीबहिनी स्मारिका र सामरिका ढकालले मोडलिङ गरेका छन् । उनीहरुको अपोजिटमा अभिनेता पल शाह फिचर्ड छन् । गीतको भिडियोमा दुवै दिदीबहिनीसँग पलको रोमान्स देख्न सकिन्छ ।
गीतमा केशव बैरागी माइलाको शब्द रहेको छ भने ज्ञानेन्द्र गिरीको संगीत रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।