बहुमत सदस्य हामीसँगै हुनुहुन्छ, नेकपा र सूर्य चिह्न हाम्रै हुन्छः सुरेन्द्र पाण्डे

नेकपा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओलीले अदालत पनि विघटन गरेर त्यसलाई राष्ट्रपतिले सदर गरे के हुन्छ ? भन्ने प्रश्न उठाएका छन् । 

शनिबार धादिङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओली नयाँ राजा बन्न खोजेको आरोप लगाए । 

राजतन्त्रकालमा राजालाई न्यायाधीशलाई हटाउनसम्मको अधिकार भएको स्मरण गर्दै ओली सोही अभ्यासमा लागेको बताए । ओलीलाई चेतावनी दिँदै उनले भने, 'ओलीजी नयाँ राजा होइन । नयाँ राजा बन्ने कुचेष्टा नगर्नुहोला ।’

नेता पाण्डेले अदालतले कसैको अनुहार नहेरी संविधान र कानुनसम्मत निर्णय गर्ने भन्दै संसद पुनर्स्थापना हुनैपर्ने दाबी गरे । 

उनले नेकपा र सूर्य चिन्ह आफूहरुसँगै रहनेमा ढुक्क रहन आग्रह गर्दै पार्टीका बहुमत सदस्य आफूहरुसँग भएको दाबी गरे । 





  • प्रकाशित मिति : पुस ११, २०७७ शनिबार १८:११:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया