गायक प्रताप दास र गायिका तुलसा लिम्बूको युगल गायनमा समावेश ‘नौतले घर’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
डान्सिङ शैलीको यस गीतमा डीपी खनालको शब्द र तारा प्रकाश लिम्बूको संगीत रहेको तथा निरज श्रेष्ठको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा ‘कार्टुन क्रु’का सरोज र आश्मा विश्वकर्माको साथमा गम्भीर विष्ट र करिष्मा सिंह ठकुरीको दमदार नृत्य देख्न सकिन्छ ।
नवराज उप्रेतीले छायांकन गरेका यस गीतको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् । गम्भीर विष्टको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो । केन्द्र मोसन पिक्चर्सको आधिकारिक युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।