प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले देशभभर प्रदर्शन गर्ने विभिन्न तयारी पूरा गरेको छ ।
यो समूहले १४ पुसमा काठमाडौं उपत्यकामा चर्को प्रदर्शन गर्ने बताएको छ ।
१४ पुसमा उपत्यकामा मात्र विभिन्न जिल्लाबाट ल्याएर भए पनि ५० हजारभन्दा धेरै नागरिक उतार्ने यो समूहको योजना रहेको छ । नेकपाका एक केन्द्रीय सदस्यका अनुसार यसका लागि उनीहरुले आफूनिकट युवा संघलाई खट्न निर्देशन दिइसकेका छन् ।
‘सडकबाट संसद पुनस्र्थापना गर्ने योजानमा हामी अगाडि बढेका छौँ,’ नेकपाका ती केन्द्रीय सदस्यले फरकधारलाई बताए, ‘त्यसैले अब नियमित आन्दोलनका कार्यक्रमलाई हामीले अगाडि बढाउने भएका छौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।