संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा : चैनपुर-४ मैदानेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच आइतबार दिउँसो गोली हानाहान भएको छ। दिउँसो ३ बजेदेखि विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको हो। 

प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले क्षतिको विवरण केही नआएको बताए। विप्लवका जिल्ला ईन्चार्ज युवराज राई 'उत्तरकुमार' सहितका कार्यकर्ता मैदानेमा लुकेर बसेको थाहा पाएर प्रहरी गस्तीमा निस्केको थियो।

गस्तीमा रहेको प्रहरी र उनीहरुबीच गोली हानाहान भएको हो। प्रहरीले विप्लवका कार्यकर्ताले ६ राउन्ड गोली चलाएको बताएको छ। प्रहरीले घटनास्थलबाटआ विस्फोटक सामग्री बरामद भएको जनाएको छ। तर प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेन। 

जंगलितर भागेका विप्लवका कार्यकर्ता खोज्‍न प्रहरी परिचालित गरिएको छ। यसअघि मैदानेमा नै दुई पटकसम्म प्रहरी र विप्लवका कार्यकर्चाबीच गोली हानाहान भएको छ।





  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार १९:१३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया