तमु ल्होसारको अवसरमा शुभकामना गीत ‘यान खो ङोल्स्यो’ सार्वजनिक

गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा ‘यान खो ङोल्स्यो’ बोलको शुभकामना गीत सार्वजनिक भएको छ । पुस १५ अर्थात् ल्होसारको खुसियाली आदान-प्रदान गर्ने उक्त गीतमा गायक तथा संगीतकार पवन राना, तारा श्रीश र शिशिर गुरुङको स्वर रहेको छ । 

गीतको भिडियो गायक पवन राना युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गुरुङ चलचित्रका चर्चित नायक आनन्द गुरुङ र आधा दर्जन बढी भिडियोहरुमा अभिनय गरिसकेकी मोडल कुसुम गुरुङको सशक्त अभिनय रहेको भिडियोमा गुरुङ संस्कृतिका विभिन्न संस्कार देखाइएको छ ।

पर्यटकीय स्थल गोर्खाको सिरानचोकमा छायाङ्कन गरिएको उक्त भिडियोको निर्देशन दीप के गुरुङले गरेका छन् भने छायाङ्कन मधुर बस्नेतको रहेको छ ।

हाल जापानमा रहेका मनराज गुरुङको शब्द–संगीत रहेको गीतको संगीत संयोजन विलन थापाले गरेका छन् । स्थायी डिजिटलमा रेकर्ड गरिएको उक्त गीतको मिक्सिङ मास्टरिङ कुमार थापाले गरेका हुन् ।

यस गीतका गायक पवन रानाको ‘ए साइँली’ कौडा गीतमा अहिले देशव्यापी भिडियो प्रतिस्पर्धा पनि भइरहेको छ ।

यस्ताे छ म्युजिक भिडियाे





  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार १९:१६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया