घट्यो वैदेशिक लगानी, चालु आवको चार महिनामा जम्मा ४ अर्बमात्र
प्रतीकात्मक तस्बिर

चालु आर्थिक बर्ष २०७७\७८ को पहिलो ४ महिना (साउनदेखि मंसिरसम्म) वैदेशिक लगानीअन्तर्गत ४ अर्ब १४ करोड रुपैयाँमात्र भित्रिएको छ । उक्त अवधिमा उद्योग विभागमा २१ अर्ब ११ करोड ४९ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आउँदा जम्मा ४ अर्ब १४ करोड १७ लाख रुपैयाँमात्र लगानी भित्रिएको हो । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १६ दशमलव ६ प्रतिशतले कम भएको विभागको तथ्यांक छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको तथ्यांकअनुसार गत बर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गत ४ अर्ब ९६ करोड ८६ लाख रुपैयाँ भित्रिएको थियो । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ०.५ प्रतिशतले बढी हो । गत बर्ष यस्तो लगानी अघिल्लो बर्षको तुलनामा बढेको भए पनि चालु आवमा भने कोरोना कहरकै कारण ओरालो लागेको सम्वद्ध विज्ञहरु बताउँछन् ।

प्रधानमन्त्रीदेखि साना नेताहरुले पनि भाषण गर्ने बेला वैदेशिक लगानी आकर्षण गर्ने बताउँदै आएका  पनि समयानुकुल वैदेशिक लगानीका कानुन परिवर्तन नहुँदा लगानी भने बढ्न सकेको छैन । 

नेपाल सरकारले कोरोना भाईरसको महामारी फैलावट नियन्त्रणका लागि भन्दै चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । उक्त अवधिमा उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालयलगायत लगानी स्वीकृत गर्ने निकाय पनि बन्द थिए । उक्त अवधिमा फाट्टफुट्ट लगानीको प्रतिवद्धता आए पनि अघिल्ला बर्षहरुका तुलनामा भने ज्यादै न्युन थियो । 





  • प्रकाशित मिति : पुस १३, २०७७ साेमबार १४:३५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया