नेपालमा थपिए ६५९ संक्रमित

नेपालमा थप ६ सय ५९ जनामा कोरोना भाइरस  संक्रमित थपिएका छन् । 

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

थपिएकासँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा सात जना संक्रमितको निधन भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८३२ जना पुगेको मन्त्रालयको तथ्यांक छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ७१८ जना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म २ लाख ५० हजार ५८१ जना संक्रमणमुक्त भएका छन् ।





  • प्रकाशित मिति : पुस १३, २०७७ साेमबार १६:३०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया