विराट बने आइसिसी क्रिकेटर अफ दि डिकेड

विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले प्रदान गरेको ‘क्रिकेटर अफ दि डिकेड’को पुरुषतर्फको अवार्ड भारतीय कप्तान विराट कोहलीले प्राप्त गरेका छन् । 

पछिल्लो दशकमा उत्कृष्ट प्रदर्शन गरेका विराट भारतले सन् २०११ को एकदिवसीय विश्वकप तथा २०१३ मा आइसिसी च्याम्पियन्स ट्रफी उचाल्दा टोलीको महत्त्वपूर्ण खेलाडी थिए । 

उनी अस्ट्रेलियामा टेस्ट सिरिज जित्ने पहिलो भारतीय कप्तान पनि हुन् । उनको कप्तानीमा भारतले सन् २०१८ मा घरेलु टोली अस्ट्रेलिया विरुद्धको टेस्ट सिरिज २–१ ले आफ्नो पक्षमा पारेको थियो ।

कोहलीले यो दशकमा क्रिकेटका तिनै प्रारुपमा गरेर कुल २० हजार ३९६ रन बनाएका छन् । जसमा ६६ शतक र ९४ अर्धशतक सामेल छ । कोहलीले ‘एकदिवसीय क्रिकेटर अफ दि डिकेड’को अवार्ड पनि हात पारेका थिए ।

अस्ट्रेलियाका स्टिभ स्मिथले ‘टेस्ट क्रिकेटर अफ दि डिकेड’ अवार्ड हात पार्दा  अफगानिस्तानका राशिद खानले ‘टि–२० क्रिकेटर अफ दि डिकेड’को अवार्ड हात पारे । भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीले ‘स्प्रिट क्रिकेट अफ द डिकेड’को अवार्ड जिते । 

महिलातर्फ अस्ट्रेलियाकी एलिस पेरीले तिन वटै विधाको अवार्ड हात पारिन् । जसमा  आइसिसी फिमेल क्रिकेटर अफ दि डिकेड, एकदिवसीय तथा टि–२० महिला क्रिकेटर सामेल थियो ।  





  • प्रकाशित मिति : पुस १३, २०७७ साेमबार १७:३२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया