बढ्यो फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या
प्रतीकात्मक तस्बिर

नेपालमा फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १० लाख पुगेको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको एमआइएस रिपोर्टअनुसार फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या भदौदेखि असोजको एक महिने अवधिमा करिब ३२ हजारले थपिएको जनाएको छ । 

सरकारी स्वामित्वको नेपाल टेलिकमले एक महिनामै करिब १० हजार फाइबर इन्टरनेट प्रयोगकर्ता थपेको छ । आइएसपीको लाइनमा पाँचौं स्थानमा रहेको एनटिसीसँग ५९ हजार ७ सय १३ फाइबर इन्टरनेट ग्राहक रहेको प्राधिकरणले जनाएको छ । 

वर्ल्डलिंकले सो अवधिमा झण्डै सात हजार नयाँ प्रयोगकर्ता थपेको छ । फाइबर इन्टरनेट ग्राहक संख्यामा सुबिसुले भायनेटलाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ । सुबिसुले एक महिनामा ७३ सयभन्दा बढी ग्राहक थपेर एक लाख २३ हजार तीन सय १६ फाइबर इन्टरनेट प्रयोगकर्ता पु¥याएको छ । भायनेटसँग भने एक लाख २१ हजार एक सय ५९ फाइबर ग्राहक रहेको प्राधिकरणको तथ्यांक छ । 

गत असोजमा केबल इन्टरनेट प्रयोगकर्ता घटेका छन् । भदौमा करिब दुई लाख २६ हजार केबल इन्टरनेट रहेकोमा असोजमा दुई हजारले घटेर दुई लाख २४ हजार हाराहारी पुगेको प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी केबल इन्टरनेट ग्राहक एनटिसीका छन् । 





  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १४:२३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया