पछिल्लो २४ घण्टामा सात सय आठ संक्रमित थपिए, आठको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गराएका ६ हजार १३५ जनामध्ये सात सय आठको रिपोर्ट पोजेटिभ आएको हो । 

मंगलबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या १ हजार ८४० पुगेको मन्त्रालयले जनाएको छ । 

मंगलबार मात्र ७३१ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ। 

हाल ३ सय ६५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १६:३३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया