पाँच सयसम्म विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत निश्चित रकमको सीमा तोकी विदेशी वस्तु तथा सेवा आयात गरी भुक्तानी गर्न विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउने ब्यवस्था मिलाउने भएको छ ।

यस्तो सटही सुविधा कसरी दिने भनेर प्रारम्भिक मस्यौदा तयार पारेको राष्ट्र बैंकले सम्बन्धित पक्षसँग यसको सुझाव माग गरेको छ । सेवा आयात वापतको विदेशी मुद्राको भुक्तानी गर्न अधिकतम ५ सय अमेरिकी डलर वा त्यो बराबरको अन्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रस्ताव राष्ट्र बैंकले गरको छ ।

यस्तो प्रिपेड कार्ड लिने ब्यक्ति, संस्था वा कम्पनीले बैंक खातामा रहेको नेपाली रूपैयाँलाई सटही गरी त्यस्तो कार्ड पाउने बताइएको छ । यसका लागि सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिनुपर्नेछ ।

कार्डमा विदेशी मुद्रा जम्मा गर्दा त्यो रकममा विदेशबाट सेवा खरीद गर्दा नियमानुसार लाग्ने कर अग्रिम रूपमा बाणिज्य बैंकले कट्टा गर्नु पर्ने हुन्छ । यस्तो सुविधाबापत एक वर्षमा बढीमा ५ सय डलरमात्र पाइनेछ ।

कुनै व्यवसायीले ५ सय डलर साटेर त्यसको दोब्बर आम्दानी गरेको प्रमाण पेस गरेमा प्रिपेड कार्डमा थप रकम जम्मा गर्ने सुविधा पाउनेछ । प्रिपेड कार्ड लिने ग्राहकले अर्को बैंकबाट मैले यस्तो सेवा लिएको छैन भनेर स्वघोषणा गर्नु पर्ने हुन्छ ।

एकभन्दा बढी बैंकबाट यस्तो कार्ड जारी गरेको पाइएमा मुद्रा अपचलनको मुद्दा लाग्ने राष्ट्र बैंकले बताएको छ ।
 





  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १७:२५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया