अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आएसिसी) ले अस्ट्रेलियालाई दोहोरो जरिवाना लगाएको छ । आइसिसीले मेलवर्नमा भएको भारत विरुद्धको दोस्रो टेस्टमा स्लो ओभर बलिङ गरेको भन्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपमा अस्ट्रेलियाको ४ अंक घटाउनुका साथै म्याच फिको ४० प्रतिशत जरिवाना लगाएको छ ।
आइसिसी रेफ्री डेभिड बुनका अनुसार अस्ट्रेलियाले निर्धारित समयमा २ ओभर कम फालेको थियो ।
आइसिसी आचासंहिताको नियम २.२२ का अनुसार यो न्यूनतम ओभर अपराधसँग जोडिएको छ । नियमअनुसार यदि कुनै पनि खेलाडीले आफ्नो टिमको निर्धारित समयमा कम ओभर फालेको खण्डमा प्रत्येक ओभर बराबर म्याच फिको २० प्रतिशत जरिवाना लाग्ने व्यवस्था छ ।
वर्ल्ड च्याम्पियनसिपको खेलका दौरान कम ओभर फालिएमा टिममाथि प्रत्येक ओभर बराबर २ अंक घटाइने व्यवस्था छ ।
अस्ट्रेलियाले निर्धारित समयमा २ ओभर कम फालेको हुनेले म्याच फिको ४० प्रतिशत जरिवाना र च्याम्पियनसिपको ४ अंक कटौती गरिएको आइसिसीले बताएको छ ।
दोस्रो टेस्टमा घरेलु टोली अस्ट्रेलिया भारतसँग ८ विकेटले पराजित भएसँगै ४ टेस्टको सिरिज १–१ को बराबारीमा पुगेको छ । पहिलो टेस्टमा अस्ट्रेलिया ८ विकेटले विजयी भएको थियो ।
आइसिसीले ४ अंक घटाए पनि अस्ट्रेलिया जित प्रतिशतको आधारमा वर्ल्ड टेस्ट च्याम्पियनसिपको शीर्ष स्थानमा कायमै छ । अस्ट्रेलियाको जित प्रतिशत ०.७६६ रहँदा दोस्रो स्थानको भारतको जित प्रतिशत ०.७२२ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।