राजधानीमा ‘गो ब्याक चाइना’ लेखेर विरोध गर्ने नेविसंघका १७ जना प्रहरी नियन्त्रणमा

राजधानीमा ‘गो ब्याक चाइना’ अंकित प्ले कार्ड बोकेर विरोध गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चाइनाको विरुद्धमा प्रदर्शन गर्ने १७ जनालाई नियन्त्रणमा लिएको हो । 

काठमाडौंमा रहेको चाइनिज दूतावास अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर प्रमुख अशोक सिंहले बताए । 

उनका अनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ) का सिजर भट्टले आफ्नो नेतृत्वमा चाइनाको विरुद्धमा प्रदर्शन गरिरहेका थिए । प्रदर्शन गर्ने क्रममा ती सबैलाई दूतावास नजिकैबाट पक्राउ गरिएको उनको भनाइ छ । 

नेविसंघका विद्यार्थीहरूले भूमि अतिक्रमण बन्द गर, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, गो ब्याक चाइना जस्ता नारा लेखेर प्रदर्शनमा आएका थिए ।

नेकपाको विभाजनपछि चाइनाबाट आएको चार सदस्यीय टोलीलाई लक्षित गरेर प्रदर्शन गरिएको नेविसंघ स्रोतले जनाएको छ । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु ठीक नरहेको प्रदर्शन गर्नेहरूको भनाइ छ ।





  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार १३:४२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया