प्रचण्ड पत्‍नी सीता अस्पताल भर्ना

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (दाहाल-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल बुधबार मेडिसिटी अस्पताल भर्ना भएकी छिन् ।

छोरी गंगाका अनुसार उनलाई बुधवार ललितपुरस्थित अस्पताल भर्ना गरिएको हो । सीताल लामो समयदेखि पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी) बाट बिरामी छिन्।

उनको भारतको राजधानी नयाँ दिल्ली, थाइल्यान्डको बैंककसहितका स्थानमा उपचार गरिएको थियो। प्रचण्ड परिवारले सीताको स्वास्थ्य राम्रो बनाउन आयुर्वेदिक, होमियोप्याथिकसहितका विधि पनि अपनाइसकेको छ। प्रचण्ड परिवारले सीतालाई म्याग्दीको तातोपानीमा पनि लगेर प्राकृतिक उपचार गरेको थियो। 





  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार १५:२४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया