प्रदेश १ सरकारका प्रवक्ता कार्कीको प्रस्टीकरणः प्रदेशसभा विघटन हुँदैन

प्रदेश १ सरकारका प्रवक्ता हिक्मत कार्कीले प्रदेश सरकार नढल्ने र प्रदेशसभा विघटन पनि नहुने दाबी गरेका छन् । जनतामा वितृष्णा हुने गरी प्रदेशको संरचना विघटनको पक्षमा सरकार नरहेको उनको भनाइ छ । 

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश सभा विघटनको आशंका हुँदै गर्दा सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीले प्रदेश विघटन नहुनेमा ढुक्क हुन सबैलाई आश्वस्त परेका हुन् । कार्कीले भने, ‘मन्त्रिपरिषदको एक सदस्यको नाताले भन्छु, प्रदेश संरचना विघटनको हल्ला निराधार हो, प्रदेश सरकार त्यो पक्षमा कुनै पनि अवस्थामा उभिन सक्दैन ।’

विराटनगरमा बुधबार पत्रकार सम्मेलन गदै मन्त्री कार्कीले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव हतारमा दर्ता भएको भन्दै त्यसप्रति असन्तुष्टि जनाए । केन्द्रमा पार्टी एउटै रहेको अवस्थामा यति हतारोमा अविश्वासको प्रस्ताव ल्याउनुपर्ने कारण आफूहरुले नबुझेको उनले बताए । 

मन्त्री कार्कीले पार्टी कानुनी रुपमा विभाजन नभई प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस नहुने तर्कसमेत गरे । संसदीय दलको नेता हटाउने प्रस्ताव प्रमुख सचेतकमार्फत जानुपर्ने बताउँदै उनले अविश्वासको प्रस्ताव वैधानिक बाटोबाट नआएको जिकिर गरे । 





  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार १७:२३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया