नेकपाको खाता रोक्का गर्न बैंकहरुलाई दाहाल–नेपालको पत्राचार

सत्तारुढ दल नेकपामा विभाजन आएसँगै सम्पत्तिको विषयलाई लिएर पनि विवाद सुरु भएको छ । नेकपाको दाहाल–नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको बैंक खाता रोक्का गर्न बैंकहरुलाई परिपत्र गरेका छन् । 

उनीहरुले नेपाल कम्युनिस्ट पार्टी र साविकको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)को नाममा रहेका खाता बन्द गर्न पत्राचार गरेक हुन् । अध्यक्षद्वयले अर्को निर्णय नभएसम्म खाता रोक्का गरिदिन अनुरोध गरेका छन् । 

विभाजित भएका दुवै दलले पार्टीको नाम र चुनाव चिह्नमा त दाबी गरेकै छन्, अर्को पक्षले पूरै सम्पत्ति हडप्ने हो कि भन्ने डर पनि छ । विभिन्न जिल्लामा कार्यालय कब्जा गर्ने र तोडफोड गर्ने क्रम पनि जारी छ । 

हाल नेकपाको नाममा विभिन्न बैंकमा अर्बाैं रुपैयाँ रहेको छ । सो पार्टीको नाममा तीन अर्बभन्दा बढी नगद र अर्बौं रुपैयाँ पर्ने ५ वटा भवन छन् । देशका विभिन्न जिल्लामा मात्र होइन । भारतको राजधानी दिल्लीमा पनि नेकपाको नाममा जग्गा रहेको बुझिएको छ । 





  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार १८:३७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया