प्रधानमन्त्री ओलीले भने– अबको चुनावमा मतपत्र च्यातिने छैन, बाक्सा साटिने छैन, बत्ती निभाइने छैन

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग अहिले बहुमत नभएको स्वीकार गरेका छन् । घुमाउरो पारामा प्रधानमन्त्री ओलीले अहिले नेकपामा पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहसँग बहुमत भएको आफूलाई थाहा भएको बताएका छन् ।

‘पार्टीभित्र माधव गुट छँदै थियो, मलाई थाहा थिएन, थाहा थियो,’ उनले भने, ‘अर्को प्रचण्ड गुट भयो । दुईटा मिल्दा उता बहुमत पुग्छ भन्ने मलाई थाहा थिएन र?’

उनले आफूले सबै बुझे पनि नबुझेजसरी बसेको बताएका छन् । उनले औंलामा थुक लगाएर सारिएको प्रसंग पनि निकालेका छन् । 

उनले एकीकरणका लागि, देश बनाउन र संविधान कार्यान्वयन, स्थिरताका लागि बहुमत दिएको बताएका छन् । ‘तर, उहाँहरुले त्यो बहुमत आफ्नो स्वार्थका लागि प्रयोग गर्नुभयो,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अब हुने निर्वाचनमा मतपत्र च्यातिने छैन, चुनावमा आउनुहोस् ।’

उनले लोकतन्त्रमा अब स्वस्थ र शान्तिपूर्ण निर्वाचन हुने बताएका छन् । उनले नडराई सबैलाई निर्वाचनमा आउन पनि चुनौति दिएका छन् । आज सुदूरपश्चिमका नेकपा सदस्यहरुसँगको भेलामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

हेर्नुहोस्, भिडियोः





  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार २०:४८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया