नेकपाको नाममा रहेका सबै बैंक खाता रोक्का गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले निर्वाचन आयोग वा अदालतको आधिकारिक निर्णय नआएसम्मका लागि नेकपाको नाममा रहेका सबै बैंक खाता रोक्का गर्न निर्देशन दिएको छ । 

नेकपाको दाहाल–नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको बैंक खाता रोक्का गर्न बैंकहरुलाई परिपत्र गरेका थिए । सोही पत्रका आधारमा राष्ट्र बैंकले सबै बैंक खाता रोक्का गर्न निर्देशन दिएको हो । 

बुधबार कार्यालय समयभन्दा पछि जानकारी आएकाले राष्ट्र बैंकले भोलि बिहीबार सबै बैंकहरुलाई औपचारिक रुपमा निर्देशन दिनेछ ।

हाल नेकपाको नाममा विभिन्न बैंकमा तीन अर्बभन्दा बढी नगद रहेको स्रोतको दाबी छ । 





  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार २०:५०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया