काठमाडौं : संविधान सभा सदस्य एवम् जनता समाजवादी पार्टीका नेता बबन सिंह केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन्। बिहीबार रौतहटमा आयोजित कार्यक्रममा रौतहटको राजदेवी निवासी उनी ओली नेतृत्वको नेकपामा प्रवेश गरेका हुन्।
सिंहलाई नेकपाका प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष एवम् मन्त्री प्रभु साह, सचिव तथा राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेल लगायतले पार्टीमा स्वागत गरेका छन्।
२०६४ को संविधानसभा निर्वाचनमा उनी स्वतन्त्र उठेर विजयी भएका थिए। यसैगरी प्रचण्ड-नेपाल समूहमा दुईजना प्रदेश सांसद पनि ओली समूहमा खुलेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।