राष्ट्र बैंकले माग्यो थप पुनर्कर्जाका लागि आवेदन

नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित उद्योग व्यवसायका लागि पुनर्कर्जा प्रदानका लागि आवेदन माग गरेको छ । यसअघि पुनर्कर्जाका लागि आवेदन माग गरेकाको सोचेअनुरुप आवेदन नपरेपछि थप दोस्रो चरणका लागि आवेदन माग गरेको राष्ट्र बैंकले जनाएको छ ।

कोरोना प्रभावित व्यवसायका लागि १ खर्ब ४८ अर्ब ५० करोड रुपैयाँ बराबरको पुनर्कर्जा प्रदान गर्ने राष्ट्र बैंकले यसअघि गरेको थियो । पहिलो चरणमा ५० अर्ब ७ करोड रुपैयाँको मात्रै आवेदन परेकाले थप ९८ अर्ब ५० करोड रुपैयाँ बराबरको पुनर्कर्जा प्रदान गर्न आवेदन माग गरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले यसअघि पुनर्कर्जाका लागि आवेदन दिनेमध्ये ७० प्रतिशत साना तथा घरेलु उद्योग हुनुपर्ने सर्त राखेको थियो । तर, त्यसरी आवेदन माग गर्दा पुनर्कर्जाका लागि आवेदन नै नपरेपछि यस पटक साना तथा घरेलु उद्योगको ७० प्रतिशतको सीमासमेत हटाइएको छ । 

राष्ट्र बैंकले यस अघि पुनर्कर्जा कार्यविधि २०७७ जारी गर्दै कोरोनाबाट प्रभावित उद्योग तथा अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित  गरी वर्गीकरण गरेको थियो, जसमध्ये हाल अति प्रभावित र मध्यम प्रभावित उद्योग तथा व्यवसायका लागि पुनर्कर्जा प्रदान गर्न आवेदन माग गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार १६:१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया