नेपालमा थपिए ४२६ संक्रमित, आठको निधन

पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ५२ सय २५ जनाको पिसिआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये १५३ महिला र २७३ पुरुष रहेका छन् ।

 हालसम्म नेपालमा दुई लाख ६१ हजार १९ जना कोरोना संक्रमित भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४८ रहेको छ । 

गत २४ घण्टामा ७४८ जना निको भएसँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ५३ हजार १०७ पुगेको छ । 

पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १८ सय ६४ पुगेको छ ।





  • प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार १६:२७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया