प्रचण्ड–नेपाल समूहले थप आन्दोलनका कार्यक्रम ल्याउने

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि आन्दोलनमा उत्रिएको नेकपा (प्रचण्ड–नेपाल) समूहले शनिबार दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । 

शनिबार यो समूहले अब थप आन्दोलन गर्ने भन्दै साताव्यापी कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

यसअघि मंगलबार यो समूहले देशव्यापी रुपमा आन्दोलन गरेको थियो । बुधबारबाट यो समूह अन्य पार्टीहरुसँग छलफलमा जुटेको थियो । तर, अहिले तत्काल अन्य पार्टीसँग संयुक्त आन्दोलनका कार्यक्रम नहुने भएको छ । 





  • प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार २१:२२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया