मुख्यमन्त्री राईको जिल्लामा प्रचण्ड-माधव पक्ष बलियो
भोजपुर जिल्लामा नेकपाको एक कार्यक्रम । फाइल फोटो

प्रतिनिधिसभा विघटनपछि विभाजनको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसददेखि जिल्लाका नेतासमेत विभाजित भइरहेका छन्। ओली पक्ष र प्रचण्ड–माधव पक्षमा नेताहरु को-कता भनेर कित्ताकाट हुनेक्रम जारी छ । 

अहिलेको परिस्थितिमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला भोजपुरमा नेकपाको अवस्था के छ  त ? नेकपाका केन्द्रीय सदस्य रहेका र  प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्री राई आफनौ गृह जिल्लामा निकै कमजोर अवस्थामा छन् ।

 नेकपाको केन्द्रीय समितिमा भोजपुरबाट प्रतिनिधित्व गर्ने ६ मध्ये ओली पक्षमा ​शेरधन राई मात्रै छन् । अन्य पाँच केन्द्रीय सदस्य प्रचण्ड–माधव पक्षमा देखिएका छन ।मुख्यमन्त्री शेरधन राई, सुदन किँराती, हरिबहादुर राई, राजेन्द्र राई, जयन्ती राई र पदम राई रहेका छन् । 

त्यसैगरी भोजपुर जिल्लाबाट प्रदेश संसादमा प्रतिनिधित्व गर्नेमा मुख्यमन्त्री शेरधन राई, राजेन्द्र राई र सौभाग्य राई रहेका छन्। भोजपुर निर्वाचन क्षेत्र नं १ (ख)बाट निर्वाचित शेरधन राई मात्र ओली समूहमा छन् । अन्य दुई प्रदेश सांसद भोजपुर निर्वाचन क्षेत्र नं १ (क)बाट निर्वाचित राजेन्द्र राई र समानुपातिक प्रदेश सांसद सौभाग्य राई प्रचण्ड–माधज समूहतिर लागेका छन् ।
 

भोजपुरमा नेकपाको १ ४१ सदस्यीय जिल्ला कमिटी रहेको छ र भोजपुरमा  अध्यक्ष प्रेमकुमार राई ओली समूहका हुन् भने सचिव विमल खड्का प्रचण्ड–माधव समूहमा छन् । त्यसैगरी कुल १४१ सदस्यीय जिल्ला कमिटीमा २७ आली पक्षमा उभिएका छन् । 

जिल्ला समन्वय समितिका प्रमुख लक्षमण खड्का प्रचण्ड–नेपाल पक्षमा रहेका छन् ।  त्यसैगरी जिल्ला इन्चार्ज सुदन किँराती र र सहइन्चार्ज हरिबहादुर राई प्रचण्ड–नेपाल पक्षका हुन् । 



भोजपुरका जनवर्गीय संगठनका कमिटीहरूमा पनि प्रचण्ड–माधव समूहकै वर्चश्व छ ।   



  • प्रकाशित मिति : पुस १८, २०७७ शनिबार ११:३२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया