‘पुलिस अफ द मन्थ’ ले प्रहरीमा खुसी, पर्साका पुरी सम्मानित

नेपाल प्रहरी उत्कृष्ट काम गर्ने प्रहरीलाई सम्मानित गर्ने गरेको छ। प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी तथा जिल्ला प्रहरी कार्यालयहरूले आफ्नो मातहतमा रहेका प्रहरीको हौसला बढाउन सम्मान गर्ने अभियान चलाउँदै आएको छ। 

यो अभियानमा हेडक्वाटरले प्रहरी दिवसमा पुरस्कृत गर्छन्।  प्रदेश तथा जिल्ला प्रहरी कार्यालयहरूले प्रत्येक महिनामा। 

प्रहरीभित्र प्रतिस्पर्धा गराइ व्यावसायिकता ल्याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयले यो अभियानकै रुपमा चलाएको प्रहरी प्रवक्ता वसन्त बहादुर कुँवरले बताए। ‘यसले गर्दा प्रहरीभित्र काम गर्ने प्रतिस्पर्धा चल्छ, जसको कारणले समाजमा अपराध कम हुन्छ’ कुँवर भन्छन्।  

यही सिलसिलामा पर्साका प्रहरी निरीक्षक राजेश राज पुरी ‘प्रहरी अफ मन्थ’ बाट सम्मानित गरिएको छ। 
वीरगन्ज महानगरपालिकाको विर्ता वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक पुरीलाई उत्कृष्ट कार्य गरेको भन्दै पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले सम्मानित गरेकी हुन्।   

मंसिर महिनामा अन्य अधिकारी भन्दा उत्कृष्ट काम गरेको भन्दै जिल्लाको प्रहरी मुख्यालयबाट उनलाई सम्मानित गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीले दिएको सम्मान पत्रमा भनिएको छ ‘भारतसँग खुल्ला सिमाना जोडिएका कारण जिल्लामा हुने जघन्य प्रकृतिका अपराध नियन्त्रण, अवैध हतियार पक्राउ, लागुऔषध पक्राउ, चाँदी पक्राउ, विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ, चोरी निकासीमा नियन्त्रण, सवारी दुर्घटना न्युनिकरण जस्ता कार्यहरुमा गरेकोमा यहाँलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरिन्छ ।’ 



पुरीले कम समयमा बढी घटनाहरु न्युनिकरण गर्न सफल भएका छन्। उनले उल्लेखनीय मात्रामा राजश्व समेत संकलन गर्ने कार्य प्रहरी उपरीक्षक पन्तले बताइन्। 

सम्मानित गर्दै प्रहरी उपरीक्षक पन्तले यो सम्मान व्यवसायिक तथा इमान्दार प्रहरीका लागि भएको बताइन्। । प्रहरीभित्र व्यावसायिकताको धर्म निर्वाह गर्ने जोसुकैलाई पनि यसैगरी प्रत्येक महिना दिने भएको हुँदा सबैले यो सम्मान लिनको लागि त्यहीअनुसार काम गर्न आग्रह गरेकी थिइन्। 



यो अभियानबाट प्रहरीमा खुसी आएको प्रहरी अधिकारीहरुको ठहर छ। कामको मूल्यांकन हुने भएको हुँदा पुरस्कारले प्रहरीलाई अझ थप बढी काम गर्न जिम्मेवार बनाएको पुरस्कृत प्रहरी निरीक्षक पुरीको भनाइ छ। 

पर्सामा करिब ११ सयको हाराहारीमा प्रहरी दरबन्दी छ। तर उत्कृष्ट काम गर्ने एकजनालाई प्रत्येक महिना सम्मानित गर्ने गरेको प्रहरीको रणनीति छ।  

  • प्रकाशित मिति : पुस १८, २०७७ शनिबार १६:३२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया