सशस्त्र प्रहरीको लिखित परीक्षामा संलग्न १० नक्कली परीक्षार्थी पक्राउ

सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा १० नक्कली परीक्षार्थी फेला परेका छन् । अर्काको नाममा परीक्षा दिँदै गरेका १० जना नक्कली परीक्षार्थीलाई प्रहरीले शनिबार  पक्राउ गरेको छ । 

हालै प्रकाशित विज्ञापनअनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह र साधारण उपसमूहतर्फको लिखित परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । 

सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाइस’ प्रयोग गरी परीक्षार्थीको यकिन गर्ने क्रममा नेपालभरका विभिन्न परीक्षा केन्द्रबाट १० जना नक्कली परीक्षार्थी फेला पारिएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

सशस्त्र प्रहरी बलमा भर्ना छनोट कार्य निष्पक्ष र पारदर्शी गर्ने उद्देश्यले सो डिभाइस प्रयोगमा ल्याइएको सशस्त्रले जनाएको छ ।





  • प्रकाशित मिति : पुस १८, २०७७ शनिबार २१:१४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया