बलुचिस्तानमा सिया समुदायका ११  मजदुरको हत्या

पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तानमा अज्ञात बन्दुकधारीले कोइला खानीमा काम गर्ने कम्तिमा ११ जना मजदुरको अपहरण गरी हत्या गरेका छन् । प्रहरीका अनुसार आइतबार बिहान काममा जाँदै गरेका श्रमिकहरुलाई केही बन्दुकधारीले अपहरण गरी पहाडी भूभागमा लगी हत्या गरेका हुन् ।

घटनापछि उक्त स्थानमा प्रहरी तैनाथ गरिएको छ । प्रहरीका अनुसार ११ जनामध्ये ६ जनाले घटनास्थलमै र ५ जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । सनाखत भएका मृतक ९ जना अफगानिस्तानका सिया समुदायका रहेको बलुचिस्तानका गृहसचिवले बताए ।





  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार १६:४०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया