माधव नेपालको संयोजकत्वमा सांगठनिक कार्यदल गठन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले सांगठनिक कार्यदल गठन गरेको छ ।

आइतबार बसेको स्थायी कमिटी बैठकले कार्यदलको संयोजकमा अध्यक्ष माधवकुमार नेपाललाई तोकेको छ । 

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार कार्यदलले प्रदेश, जिल्ला र स्थानीय स्तरका सांगठनिक पदाधिकारीको कार्यविभाजनबारे काम गर्नेछ । 

पार्टीको संरचना फेरिएपछि नेताहरुको जिम्मेवारी विभाजन गर्न कार्यदल गठन गरेको उनले बताए । बैठक सोमबार १२ बजे पुनः बस्नेछ । 





  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार १८:९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया