प्रचण्डपत्नी सीतालाई उपचारका लागि सोमबार दिल्ली लगिने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्यअवस्था नाजुक भएपछि उनलाई थप उपचारका लागि दिल्ली लैजाने तयारी भएको छ ।  

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा  ‘जुगल’का अनुसार सीता दाहाललाई उपचारका लागि सोमबार दिल्ली लैजाने तयारी गरिएको हो । 

उपचारका क्रममा प्रचण्ड दिल्ली जाने कि नजाने यकिन भइसकेको छैन । जुगलका अनुसार सीताले प्रचण्डलाई पनि सँगै जान जोड गरेकी छन् । 

लामो समयदेखि बिरामी अवस्थामा रहेकी सीताको स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनलाई ललितपुरको मेडिसिटी अस्पताल लगेर उपचार गरिएको थियो ।

उनलाई थप उपचारको आवश्यकता भएकाले सोमबार दिल्ली लैजान लागिएको हो । 





  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार १८:१७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया