हतियारसहित विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता हातहतियारसहित पक्राउ परेका छन् । विप्लप नेतृत्व नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को गृह जिल्ला समेत रहेको कालिकोटमा आइतबार प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कालिकोटको नरहरिनाथ गाउँपालिका–९ लालु चौथाका ३६ वर्षीया दुर्गाबहादुर बोहोरा र जाजरकोटको भेरी नगरपालिका–२ का पदमबहादुर पुन रहेका छन् । बोहोराको घरबाट हतियारसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । 

उनीहरूको साथबाट एक थान प्रेसर कुकर बम, सकेट, वायर, बन्धुक, जेवाले, डेटेनेटर १४ थान, सकेट ११ थान, ब्याट्री चार्जर, सेफ्टी फ्युज, गन्धक एक किलोग्राम, सेलो टेप, हात हतियार बनाउने सम्बन्धी किताब, विप्लव समूहको राजनीतिक प्रतिवेदन, नमस्ते वेलकम कार्ड ११ थान, स्काई एक थान, दुई वटा मोबाइल लगायत विस्फोटक पदार्थ बनाउने कच्चापदार्थ बरामद गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : पुस २०, २०७७ साेमबार १४:३८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया