नेकपा प्रचण्ड–नेपाल समूहकी नेता तथा पूर्वमन्त्री बिना मगरले अब प्रधानमन्त्री केपी शर्मा ओलीको भविष्य राम्रो नभएको बताएकी छिन् ।
कन्चनपुरमा आयोजित एक कार्यक्रममा मगरले यस्तो बताएकी हुन् । उनले अब ओलीका आसेपासेको पनि भविष्य त्यति राम्रो नभएको बताएकी छिन् ।
उनले प्रधानमन्त्री ओलीले आफ्नो पद जोगाउनका लागि संसद विघटन गरेको आरोप पनि लगाएकी छिन् ।
यसअघि प्रचण्डकी बुहारी भएकाले नै उनलाई ओलीले खानेपानी मन्त्री बनाएको चर्चा चल्ने गरेको थियो । तर, आइतबारको यो कार्यक्रममा मगरले ओलीलाई अहिले देशको कुनै चिन्ता नभएको बताएकी छिन् ।
‘प्रधानमन्त्री र उहाँका आसेपासेहरुको अब भविष्य लामो छैन,’ उनले भनेकी छिन्, ‘यस्तो तानाशाही प्रवृत्तिलाई जनताले चाँडै परास्त गर्नेछन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।