कंचनपुरमा सीमामा भारतीय सुरक्षा बलले गोली चलायाे, एक नेपाली घाइते
साङ्केतिक तस्वीर

कञ्चनपुरको महाकाली नगरपालिकामा नेपाल भारत सिमाक्षेत्रमा एसएसबीले गोली चलाएको छ ।

गोलीको छर्रा लागेर महाकाली नगरपालिका वडा नम्बर १ का नरेन्द्र लुहार लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

दोधारा चाँदनी नेपाल–भारत सीमाक्षेत्रमा गाेली चलेकाे खबर प्राप्त भएपछि प्रहरी टाेली परिचालन गरिएकाे कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

`गाेलीको छर्रा लागेर १ जना घाइते भएकाे खबर आएको छ, हाम्रो टोली घटनास्थलमा पुग्दैछ,' थापाले फरकधारसँग भने,  'गोलि पारिबाटै हो भन्ने बुझिएको छ ।´

उनले घटनाको आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेकाे बताए । स्थानीयका अनुसार भारतीय एसएसबीले गाेली चलाउँदा एक जना गम्भीर घाइते भएका छन् ।





  • प्रकाशित मिति : पुस २०, २०७७ साेमबार २१:९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया