कोरोनापछि थला परेको बलिउडको सिने बजार पछिल्लो समय सलमान खान अभिनित चलचित्र ‘राधे’लाई लिएर निक्कै आशावादी देखिएको छ । भारतका ‘मल्टिपल एग्जिबिटर एसोसिएसन’ले सलमानलाई पत्र लेखेका छन् । उनीहरुले डिजिटल प्लेटफर्मबाट ‘राधे’ रिलिज नगर्न आग्रह गर्दै पत्राचार गरेका हुन् ।
कोरोना महामारीले थलिएको चलचित्र उद्योगलाई लयमा फर्काउन चलचित्र ‘राधे’ले सहयोग गर्ने भन्दै उनीहरुले चलचित्र डिजिटल प्लेटफमबाट रिलिज नगर्न भनेका छन् । यो चलचित्रले दर्शक हल फर्काउने एसोसिएसनले विश्वास लिएको छ ।
सलमानले आफ्नै प्रोडक्सन हाउस ‘सलमान खान फिल्म्स’बाट निर्माण गरेको यो फिल्म केही दिन अघि जी स्टुडिओलाई डिजिटल राइट्सका लागि महंगो मूल्यमा बिक्री गरेका थिए । त्यसपछि चलचित्र प्रदर्शक अक्षय राठीले ट्विटरमा सलमानलाई मेन्सन गर्दै ‘राधे’हलबाट प्रदर्शन गर्न आग्रह गरेका हुन् ।
सलमानको ‘राधे’ २०२१ को इदमा रिलिज गर्ने भनिएको छ । चलचित्रमा सलमानसँगै दिशा पटानी, रणदीप हुडा, ज्याकी श्राफ, गौतम गुताटी लगायत कलाकारले अभिनय गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।