कोरोना शून्य भएको उत्तर कोरियामा अनुदानको भ्याक्सिन भित्र्याउन निवेदन
फाइल फोटो

एकाधबाहेक विश्वका सबै मुलुकमा कोरोना भाइरस(कोभिड–१९) फैलियो । अहिलेसम्म कोरोना संक्रमणको कुनै केस नटेभिएको दावी गर्ने दुर्लभ मुलुकमध्ये एक हो उत्तर कोरिया।

कोरोना संक्रमित नै नभएको उत्तर कोरियाले पनि कोभिड–१९ विरुद्धको खोप भित्र्याउनका लागि भने पहल गरेको छ । निम्न आय भएका मुलुकलाई कोभिड–१९ भ्याक्सिन उपलब्ध गराउन भन्दै खडा भएका गठबन्धन तथा संस्थासमक्ष उत्तर कोरियाले निवेदन पनि दिएको छ । 

वाल्ट स्ट्रीट जर्नलमा प्रकाशित खबर अनुसार  कोभिड–१९ भ्याक्सिनको सहजीकरणका लागि काम गरिरहेको गाभीमा उत्तर कोरियाले निवेदन पेश गरेको छ । उत्तर कोरियाको निवेदनका बारेमा भने गाभीका प्रवक्ताले बोल्न अस्वीकार गरेका छन् । गाभी ग्रुपले भ्याक्सिनका लागि सहयोगका गर्न आवश्यक ठानिएका ९२ देशको सूची बनाएको थियो । यसमा उत्तर कोरिया पनि समावेश थियो । ९२ मध्ये ८६ मुलुकको निवेदन आएको प्रवक्ताले बताएका छन् । विस्तृत जानकारी बाहिर ल्याउने तयारीमा रहेको गाभीका प्रवक्ताले वाल्ट स्ट्रीट जर्नलसमक्ष जानकारी दिएका छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म उत्तर कोरियामा कोभिड–१९ संक्रमण फेला परेको कुनै आँकडा छैन । तर २०२० को डिसेम्बर १७ सम्ममा १७ हजारको कोभिड–१९ परीक्षण गरिएको र संक्रमणको आशंकामा हजारौँलाई क्वारेन्टाइनमा राखिएका खबर हरु बाहिर आएका छन् ।

 गत जुलाईको अन्तिम साता दक्षिण कोरियाबाट प्रवेश गरेका एक व्यक्तिका कोरोना संक्रमणको आशंका गरी आइसोलेसनमा राखिएको थियो । यसै विषयमा छलफल गर्न  उत्तर कोरियाली नेता किम जोङको नेतृत्वमा आकस्मिक बैठक पनि डाकेका थिए । 
 





  • प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार १३:१७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया