भक्तपुर नगरभित्रका सबै विद्यालय माघ १ गतेदेखि पूर्ण रुपमा सञ्चालन हुने

भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै विद्यालय आगामी माघ १ गतेदेखि पूर्णरुपमा सञ्चालन हुने भएको छ । नगरपालिकाको नगर शिक्षा समितिको आज बसेको बैठकले आगामी माघ १ गतेदेखि सबै विद्यालय पूर्णरुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । 

जसअनुसार भक्तपुर नगरभित्रका विद्यालयहरुमा बालविकासदेखि कक्षा १२ सम्मका कक्षाहरु विद्यार्थीहरुको भौतिक उपस्थितिमा सञ्चालन हुने भएको छ ।

यसअघि नगरपालिकाले गत पुस १ गतेदेखि नगरका सामुदायिक र संस्थागत विद्यालयका कक्षा ८, ९ र १० सञ्चालन गर्ने अनुमति दिएको थियो । सो अनुमतिसँगै नगरभित्रका विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुँदै आएको छ ।

नगरपालिकाले विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विभिन्न पेसागत सङ्घसंस्थाका प्रतिनिधिसँगको छलफल र सो छलफलमा प्राप्त सुझाबका आधारमा माघ १ गतेदेखि विद्यालय पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरिएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

‘कोरोनाका कारण लामो समयसम्म विद्यालय बन्द भई विद्यार्थीहरूको पठनपाठनमा प्रत्यक्ष असर परिरहेको कुरालाई ध्यानमा राखी अभिभावकको पूर्वस्वीकृति, व्यवस्थापन समितिको निर्णय र पूर्वतयारी तथा कार्ययोजना बनाई बालविकासदेखि कक्षा १२ सम्मका कक्षा आगामी माघ १ गतेदेखि सञ्चालन गर्न गराउन विद्यालयलाई पत्राचार गर्ने निर्णय गरेका हौँ,’ नगरप्रमुख प्रजापतिले भने ।  

उनले विद्यालय सञ्चालनका क्रममा विद्यार्थी तथा शिक्षक–कर्मचारीहरूमा कोभिड– १९ सम्बन्धी कुनै समस्या देखिएमा आवश्यकताअनुसार विद्यालय पूरै वा आंशिक बन्द गर्न नगर शिक्षा शाखाबाट निर्देशन दिन सकिने व्यहोरा पनि सबै विद्यालयलाई जानकारी गराउने निर्णय भएको जानकारी दिए ।





  • प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार २०:४७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया