अत्यधिक चिसो बढेसँगै मुगुमा विद्यालयमै आगो ताप्दै पढ्दै (फोटो फिचर)
फोटो सौजन्यः खड्ग सुचार

कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा हिमपात भएको छ । हिमपातका कारण अत्यधिक चिसो बढेको छ । 

हिमपात भएसँगै जनीजवन कष्टकर बन्दै गएको छ । चिसोले शैक्षिक संस्था सञ्चालनमा समेत असर गरेको छ । 

जिल्लामा चिसो अत्यधिक बढेपछि हिमाली जिल्ला मुगुमा आगो ताप्दै पढाउन थालिएको छ । यसअघिका वर्षहरुमा हिउँदे बिदा हुने गरे पनि यस वर्ष कोरोना भाइरस (कोभिड–१९)का कारण लामो समयपछि विद्यालय सञ्चालनमा आएकाले विद्यालय बन्द भएका छैनन् । 

चिसो ह्वातै बढेपछि विद्यालयमै आगो बालेर पढाउनुपर्ने अवस्था आएको छाया क्षेत्र प्राथमिक विद्यालय तलितुमका शिक्षक कविराज कार्कीले बताए । ‘हिउँ परेपछि चिसो अत्यधिक बढेको छ,’ शिक्षक कार्कीले भने, ‘चिसो बढेपछि कि त विद्यालय बन्द गर्ने कि त आगो बालेरै भए पनि सञ्चालन गर्ने अवस्था आएपछि हामीले आगो बालेरै भए पनि पठनपाठनको काम अघि बढाएका छौँ ।’ 

चिसोका कारण विद्यालय मात्रै नभएर अन्य विभिन्न कार्यालयमा आगो बाल्न थालिएको छ । 



 

 



 

  • प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार २१:१०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया