सरकारले भन्यो : मर्निङ वाक नजानू, घरमै व्यायाम गर्नू

काठमाडौं : काठमाडौंसहितका देशका केही भाग वायु प्रदूषण खतराको तहभन्दामाथि पुगेपछि सरकारले नागरिकहरुलाई मर्निङ वाकमा ननिस्किन आग्रह गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङ वाक वा घर बाहिर गएर शारीरिक व्यायाम नगर्न मंगलबार एक अपिलमार्फत आग्रह गरेको हो।

देशभर केही दिनयता देखिएको मौसममा परिवर्तनका कारण वायु प्रदूषण दर अत्यधिक बढेको भन्दै स्वास्थ्य मन्त्रालयले यस्तो आग्रह गरेको हो।

‘मर्निङ वाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोकौं’, मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको अपिलमा भनिएको छ, 'तत्काललाई घर बाहिर ननिस्कनू, यदि निस्कनै परेमा मास्क लगाऊँ, स्वास्थ्य सावधानी अपनाऊँ।'

मन्त्रालयले धुँवा निस्किने गरी फोहोरसहितका सामाग्री नजलाउन पिन आग्रह गरेको छ। त्यस्तै अत्यावश्यक कामबिना सवारीसाधन पनि चलाउन आग्रह गरिएको छ। काठमाडौंको वायु प्रदूषणको दर सोमबार ४०० एक्युआईमाथि पुगेको थियो। मंगलबार ३७७ एक्युआईसम्म पुगेर साँझ २०२ एक्युआईमा घटेर बसेको छ।


 





  • प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार २२:४३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया