काठमाडौं महानगर र मेलम्चीबीच भगिनी सम्बन्ध, महानगरको सहयोगमा पार्क बन्ने


मेलम्ची नगरपालिका र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच महानगरका मेयर विद्यासुन्दर शाक्य र मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले भगिनी सम्बन्धसम्बनधी समझदारीमा पत्रमा हस्ताक्षर गरेका हुन् ।

भगिनी सम्बन्ध स्थापना भएसँगै महानगरपालिकाको सहयोगमा मेलम्चीमा सिटी पार्क निर्माणहुने भएको छ । यसका लागि समेत दुई नगरबीच सम्झौता भइसकेको छ ।
मेलम्ची नगरपालिका–१० स्थित इन्द्रावती नदीको किनारमा बन्ने पार्कमा पानीको फोहोरा, हेलिप्याड, बालबालिकाका लागि खेलकुद पार्कलगायत निमार्ण गरिने सहमतिमा उल्लेख छ । 

मेलम्ची नगरपालिकाको डिजाइनमा बन्ने पार्कका लागि प्राविधिक सहयोग मागे महानगरले उपलब्ध गराउनेछ ।

आर्थिक वर्ष २०७७\७८ मै निर्माण सुरु गरेर १ वर्षमा पूरा गर्ने लक्ष्य राखिएको पार्क निर्माणका लागि महानगरले एक करोड ५० लाख रुपैयाँ सहयोग गर्ने सहमति भएको छ ।

चाबहिलबाट जहरसिंङपौवा हुँदै ४५ किमी दुरीमा रहेको मेलम्ची सडक कालोपत्रे भए डेढ घण्टामै सहजै पुग्न सकिने पर्यटकीय गन्तव्य हो । मेलम्ची खानेपानी तथा पर्यटकीय गन्तव्य हेलम्बुको प्रवेशमार्गका रुपमा रहेको मेलम्ची हुँदै धार्मिक पर्यटकीय गन्तब्य पाँचपोखरीसमेत पुग्न सकिन्छ ।  

मेलम्चीबाट दैनिक रुपमा दूघ, तरकारी तथा अन्य खद्यान्न उपत्यका भित्रने गरेको छ ।    





  • प्रकाशित मिति : पुस २२, २०७७ बुधबार १३:१४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया