काठमाडौं : संसद् विघटनको विषयलाई लिएर सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ अघि बढिरहँदा दाहाल-नेपाल (नेकपा) निकट विद्यार्थीहरुले बुधबार दिउँसै लालटिन बालेर राजधानीमा प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् विघटन गरेपछि दाहाल-नेपाल समूह आन्दोलित भएको छ। त्यही आन्दोलनका क्रममा उक्त समूहका विद्यार्थीहरु पनि सडकमा उत्रिएका हुन्।
माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले 'दिउँसै लालटिन बाल्दा पनि भेटिएन है!, संविधानमा संसद् विघटनको धारा खोई?' सहितका नारा लगाएका थिए। दाहाल-नेपालनिकट अनेरास्ववियुले सरकारविरुद्धको कदमलाई लिएर देशभर चरणवद्ध विरोधका कार्यक्रम घोषणा गरिसकेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।