गतवर्षको आहारारा गोल्डकपबाट करिब १९ लाख बचत
फाइल फोटो

गत फागुन २१ देखि चैत १ गतेसम्म पोखरामा सम्पन्न १८औं संस्करणको आहारारा गोल्डकपबाट १८ लाख ९७ हजार ६५७ रुपैयाँ बचत भएको आयोजक सहारा क्लब पोखराले जानकरी दिएका छ । 

प्रतियोगितामा विभिन्न शीर्षकबाट ८८ लाख १० हजार ३६६ रुपैयाँ आम्दानी भएकोमा ६९ लाख १२ हजार ७०९ रुपैया खर्च कटाएर उक्त रकम बचत भएको क्लबले बुधबार आयव्यय सार्वजनिक गर्दै जनाएको हो । 

बचत भएको रकम सहारा एकेडेमीमा रहेका बालबालिकाका लागि खर्च गरिँदै आएको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । 

कोरोना महामरीका कारण केही रकम संकलन गर्न बाँकी रहेकाले आयव्यय सार्वजनिक गर्न ढिलाइ भएको क्लबले जनाएको छ । 

प्रतियोगितामा प्रवेश टिकटबाट मात्र २८ लाख ७ हजार ४७० रुपैयाँ संकलन भएको प्रतियोगिताका आर्थिक संयोजक गुरुङले बताए । 

ब्यानर तथा आर्थिक सहयोगबाट १६ लाख ६८ हजार ७७२, सिजनल टिकटबाट ३६ हजार, बैंक ब्याजबाट ४२ हजार १४५ आम्दानी भएको उनको भनाइ छ । 



मुख्य प्रायोजक आहा तथा रारा तयारी चाउचाउबाट १२ हाख ५१ हजार, गण्डकी प्रदेश सरकारबाट १० लाख, हिमांश एजुुकेसन कन्सल्टेन्सीबाट ४ लाख, राखेपबाट ३ लाख ४७ हजार ५२९, गोर्खा ब्रुअरीबाट ३ लाख ५० हजार, सहारा क्लब हङकङबाट २ लाख ७ हजार ४५० तथा अन्य केही संघ संस्थाबाट आर्थिक सहयोग प्राप्त भएको क्लबले जनाएको छ । 

प्रतियोगितामा दैनिक खेलाडी भ्रमण खर्च बापत २५ लाख ७ हजार १६८, प्रोत्साहन खर्च १६ लाख १२ हजार, प्रतियोगिता सञ्चनल तथा व्यवस्थापन खर्च ६ लाख ८२ हजार ७५०, ब्यानर कपडा तथा लेखाइ खर्च २ लाख ३० हजार, खेल मैदानका लागि जिल्ला खेलकुद विकास समितिलाई ४ लाख, रेफ्री खर्च ३ लाख २२ हजार ३९५ (म्याच फी र यातायात खर्च) लगायतका शीर्षकमा खर्च गरिएको क्लबका कोषाध्यक्ष राजु लालचनले जानकारी दिए । 



नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लबले प्रतियोगिताको उपाधि जितेको थियो । प्रतियोगितामा भारतको १ टिम सहित १० टोलीको सहभागिता थियो ।  

  • प्रकाशित मिति : पुस २२, २०७७ बुधबार १३:५८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया