भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो
फाइल फोटो

भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ५० हजार १५१ जना पुगेको छ । 

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको विवरण अनुसार हालसम्म भारतमा करिब एक करोड ४ लाख मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएको मन्त्रालयको तथ्यांक छ । 

भारतमा अझै पनि २ लाख २७ हजार व्यक्ति सक्रिय संक्रमित रहेको र ९९ लाख ९७ हजार व्यक्ति संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : पुस २२, २०७७ बुधबार १५:५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया