२४ घण्टामा थपिए ४०९ जना कोरोना संक्रमित, ६ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा १४४ जना महिला र २६५ जना पुरुष छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ७०६ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । 

हालसम्म १९ लाख ६४ हजार १६० पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार १३३ छ भने क्वारेन्टाइनमा ३४२ जना छन् ।

२४ घण्टामा ४९५ जना निको भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ को मृत्यु भएको छ । हालसम्म कोरोनाबाट १ हजार ८९९ ले ज्यान गुमाएका छन् । 

यस्तै, काठमाडौं उपत्यकामा २४ घण्टामा ७२ महिला र १६१ जना पुरुष गरी २३३ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा १५९, ललितपुरमा ५० र भक्तपुरमा २४ जना कोरोना संक्रमित थप भएका छन् । 





  • प्रकाशित मिति : पुस २२, २०७७ बुधबार १६:३९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया