सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
फरकधार / २२ पुस, २०७७

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिकामा नेपाली सेनाको गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार नेपाली सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । 

मृत्यु हुनेमा सप्तरीको अग्निसाइर–कृष्णसवरण गाउँपालिका २ का रामचन्द्रप्रसाद चौधरी छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स५प ५०७६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको बा१ग १९८१ नम्बरको नेपाली सेनाको गाडीले ठक्कर दिएको थियो । 

घाइते थारूको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । 

सेनाको गाडी र चालक मनीष राई अहिले प्रहरीको नियन्त्रणमा छन् । मृतकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । 

  • प्रकाशित मिति : पुस २२, २०७७ बुधबार २०:३९:१९,   अन्तिम अपडेट : पुस २२, २०७७ बुधबार २०:५४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया