प्रतिनिधिसभा विघटन हुँदा सत्यानाश भएको होइनः खिमलाल भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन हुँदा सत्यानाश नभएको दाबी नेकपा ओली समूहका नेता खिमलाल भट्टराईले बताएका छन् । 

पार्टीभित्रैबाट सरकारलाई काम गर्न नदिएकाले यो अवस्था आएको उनले बताएका छन् । राष्ट्रियसभामा बोल्दै भट्टराईले सरकारले काम गर्नै नसक्ने परिस्थिति बनेको र यस्तो अवस्था आएको बताएका छन् । 

‘तर, यो अहिले प्रचार गरिएजस्तो सत्यानाश होइन,’ उनले भने, ‘राष्ट्रिय सभा, प्रदेश सभाहरु अहिले पनि नभएका होइनन् ।’ उनले सरकार र संसद दुवै चल्न नसक्ने परिस्थिति भएकाले यो अवस्था आएको बताएका छन् ।

धमिलिन खोजेको राजनीतिलाई सङ्लो बनाउन जनतासम्म जानका लागि यो अवस्था आएको उनले बताएका छन् ।

आफ्नो सरकारले काम नगर्ने ठान्दा र संसदमा वैकल्पिक शक्ति नदेखेपछि प्रधानमन्त्री ओलीले संसद विघटन गरेको पनि उनले बताएका छन् । 

यतिमात्र होइन, उनले अहिले ओलीले भोगेको अवस्था हिजो विपी कोइरालाले पनि भोगेको समेत बताएका छन् ।





  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार १३:४४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया