वार्षिक १० खर्बको कारोबार गर्दै सहकारी, ८८ हजारलाई रोजगारी

देशभरबाट करिब ५ हजारको हाराहारीमा सहकारी संस्था हराएका छन् । सहकारी विभागले हालै प्रकाशन गरेको प्रतिवेदनअनुसार देशभर अहिले २९ हजार ८ सय ८६ सहकारी संस्था रहेका छन् । पछिल्लो प्रतिवेदनमा देशभर रहेका सहकारीको संख्या ३४ हजार  ८ सय ३७ रहेको उल्लेख थियो । 

पछिल्लो प्रतिवेदनअनुसार ४ हजार ९ सय ५१ सहकारी संस्था सूचीबाट हराएका छन् ।  केही सहकारी निस्क्रिय र केही मर्जरमा गएकाले संख्या घटेको सहकारी विभागको दाबी छ । 

पछिल्लो तथ्यांक अनुसार देशभर रहेका सहकारी संस्थामध्ये संघीय सरकारअन्तर्गत १ सय २५,  प्रदेश सरकारअन्तर्गत ६ हजार २ र स्थानीय सरकारअन्तर्गत २३ हजार ७ सय ५९ वटा रहेका छन् ।

देशभर सहकारी संघसंस्थामा ७३ लाख ७ हजार ४ सय ६२ सदस्य आबद्ध रहेको विभागको प्रतिवेदनमा उल्लेख छ । सदस्यमध्ये ५६ प्रतिशत महिला सदस्य रहेका छन्  ।

सहकारीले ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार ४ सय ७३ बचत संकलन गरी ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार ३ सय ८१ ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

विभागको प्रतिवेदन अनुसार डोल्पाको डोल्पो बुद्ध गाउपालिका, शेफोक्सुण्डो गाउँपालिका, थार्कापाङसोङ  गाउँपालिका तथा मनाङको नार्पाभूमि गाउँपालिकामा हालसम्म सहकारी संस्था सञ्चालन भएको छैन ।



प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी सहकारी संस्था बागमती प्रदेशमा छन्  भने सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन । 

देशभर सहकारीले  ८८ हजार ३ सय ९ जनालाई रोजगारी दिएको विभागको प्रतिवेदनमा उल्लेख छ । 



  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार १३:५१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया