पार्टीभित्र अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो : वामदेव
फाइल फोटो

नेकपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सांसद वामदेव गौतमले आफू प्रधानमन्त्रीको कदमको कटु आलोचक रहेको बताएका छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गलत गरेको बताएका हुन् । 

प्रधानमन्त्री ओलीकै कार्यशैलीबाट पार्टीमा धेरै विवाद उत्पन्न हुने बताए । ‘प्रधानमन्त्रीको म कटु आलोचक हो’ गौतमले भने, ‘उहाँको कार्यशैलीले नै हाम्रो पार्टीमा धेरै–धेरै विवाद गराएका हुन्। ’ 

गौतमले ओली आफ्नो ४३ वर्षदेखिको सहयोध्दा र मित्र पनि भएको बताएका छन् । पार्टीमा विभिन्न समयमा आएको विवादका बेला आफूले मध्यस्थता गरी विवाद सुल्झाएको गौतमले जानकारी दिए । 

नेकपा कम्युनिस्ट पार्टी संविधानको सर्वोच्चता स्वीकारेको पार्टी भएकाले आफूले चाहेको भएन भन्दैमा संविधान कुल्चिने काम गर्नु गलत भएको गौतमले बताए । पार्टीभित्रै अल्पमतमा परेपछि प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने गौतमको भनाइ छ । कार्यशैली सुधारका लागि आफूले प्रधानमन्त्री ओलीलाई पटक–पटक कुरा राख्दा पनि वेवास्ता गरेको उनले गुनासो गरे । ' त्यसो गरेको भए निकै दुःख गरेर बनाएको पार्टी विभाजनबाट बच्ने थियो' गौतमले भने ।  

आफू प्रधानमन्त्रीको ठाउँमा भएको भए आफ्नै पार्टीका सांसदले अविश्वासको प्रस्ताव ल्याउने कुरा थाहा पाउने वित्तिकै राजीनामा दिने गौतमको भनाइ छ । 

प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी बारे प्रचण्ड–नेपालले आफूसँग छलफल नगरेको गौतमको गुनासो छ । 





  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार १३:५२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया