ट्रम्पको जिद्दी : निर्वाचनको ६४ दिन बित्दा पनि स्वीकारेनन् हार
ह्वाइट हाउस नछाडेमा बल प्रयोग गरेर निकालिने

अमेरिकामा बुधवार जे भयो त्यसलाई लिएर उपराष्ट्रपति माइक पेन्सले ‘देशको लोकतान्त्रिक इतिहासको कालो दिन’को संज्ञा दिए। देशको ४६ औँ राष्ट्रपति डेमोक्रेट पार्टीका जो बाइडन हुने निश्चित भइसकेको छ। यसलाई फर्केर हेर्ने हो भने बाइडनको जित ३ नोभेम्बरमा भएको चुनावकै दिन तय भइसकेको थियो। १४ नोभेम्बरमा इलेक्टोरल कलेजको मतदानपछि अझै पक्का भएको थियो। ६ जनवरीमा बाइडनको जितको संवैधानिक पुष्टि भइसकेको थियो।

सबै कुरा तय भइसकेको अवस्थामा प्रश्न उठ्छ आखिर किन भयो त यति ठूलो बबाल? आखिर विश्वको सबैभन्दा पुरानो लोकतन्त्र कसरी कलंकित भयो? यसको एउटै जवाफ छ, डोनाल्ड ट्रम्पको जिद्दी। यो विवादलाई पाँचवटा बुँदामा यसरी बुझौँ।

१. चुनावअघि के भएको थियो?

राष्ट्रपति ट्रम्प रिपब्लिकन र बाइडन डेमोक्रेट पार्टीका उम्मेदवार थिए। कोरोना भाइरसको संकट सम्हाल्न ट्रम्पको असफलता त्यहाँ मुख्य मुद्दा बनेको थियो। ट्रम्प महामारीलाई कहिले मामुली फ्लु त कहिले चिनियाँ भाइरस भनेर नजरअन्दाज गर्थे। कोरोनाका कारण ३ लाख भन्दा धेरै मानिसले ज्यान गुमाए। लाखौँ बेरोजगार भए। अर्थव्यवस्था चौपट हुन थाल्यो। ट्रम्प श्वेतहरुलाई प्रयोग गरे चुनाव जित्न चाहन्थे। किनकि भेदभावको आरोप लगाएर अश्वेतहरु उनीसँग टाढिएका थिए। 

२. यदि इशारा बुझेको भए

३ नोभेम्बरमा चुनाव भयो। अमेरिकामा जनताले इलेक्टर्सलाई चुन्छन् भने इलेक्टर्सले राष्ट्रपति छान्छन्। यिनको कुल संखेया ५३८ हुन आउँछ। राष्ट्रपति बन्न २७० इलेक्टोरल भोट चाहिन्छ। ३ नोभेम्बरमा भोट गन्न थालेपछि बाइडनलाई ३०६ र ट्रम्पलाई २३२ भोट मिल्यो। अर्थात् ट्रम्पले चुनाव हारिसकेका थिए।



चुनावअघि नै ट्रप्पले यदि हारेमा नतिजा नस्वीकार्ने बताइसकेका थिए। अमेरिकी सुरक्षा एजेन्सीले सायद उनको इशारा बुझेनन्। यदि उनीहरुले सम्झिएको भए बुधबार चारजनाको ज्यान जाने गरी हुन गएको हिंसा रोक्न सकिन्थ्यो। संसद बाहिर मानिसहरु जुटेर आक्रमण गर्न सक्दैन थिए।

३. बुधवार के हुँदै थियो?



यदि प्राविधिक र प्रशासनिक कुरामा उल्झन नभएको भए बाइडनको जितमा बुधबार संवैधानिक मोहोर लाग्दै थियो। संसदका दुवै सदनसामू इलेक्टर्स भोट गनिँदै थियो। यहाँ एउटा सानो कुरा हामीले बुझ्न जरुरी छ।

अमेरिकामा चुनावपछि नतिजालाई लिएर अदालनमा चुनौती दिन सकिन्छ। तर त्यहाँ त्यसको छिनोफानो ६ जनवरी पहिले नै भइसक्छ। अर्थात् संसदको संयुक्त सत्र सुरु हुनुअघि नै अदालतले त्यसको निरुपण गरिसक्छ। त्यहीकारण अमेरिकामा संसद बैठक बस्यो। उसले चारजना सदस्य छान्यो। उनीहरुले हरेक इलेक्टरको नाम लिएर ट्रम्प या बाइडन कसलाई भोट दिने सोधिरहेका थिए। 

४. समस्या के हो त?

यसको पनि सजिलो उत्तर छ। भाँडभैलो यसकारण भयो, ट्रम्पले लगातार समर्थकलाई भड्काइरेका थिए। उनीहरु कुनै पनि हालतमा इलेक्टोरल कलेज अर्थात् इलेक्टर्सका भोट गन्न दिने पक्षमा थिएनन्। दोस्रो शब्दमा भन्ने हो भने ट्रम्प आगामी जनवरी २० मा कुनै पनि हालतमा बाइडनलाई शपथ ग्रहण लिन हरियो झण्डा देखाउन तयार थिएनन्।

ट्रम्पले सामाजिक सञ्जालमा भड्किलो बयान दिए। त्यसपछि उनका समर्थक भड्किए। संसदमा हंगामा भयो, तत्कालै त्यहाँ एक महिनाले ज्यान गुमाइन्। अन्य चारजनाले पनि पछि ज्यान गुमाए। संसदमा इलेक्टर्स भोटक स्थानमा बन्दुकहरु देखिए। रातो टोपी र निलो झण्डासहित संसदमा छिरेर भाँडभैलो गर्ने ट्रम्प समर्थकमा कसैको टाउको फुट्यो त कसैको शिर भित्तामा बजारियो।

५. अब अगाडि के हुन्छ?

यो हिंसाबीच अहिले पनि इलेक्टोरल कलेजको मतगणना भइरहेको छ। यसमा अझै कयौँ घण्टा लाग्न सक्छ। धेरै समय लाग्दै गएपछि केही भोटलाई लिएर ट्रम्पको पार्टीका समर्थक आपत्ति दर्ता गराउन सक्नेछन्। यिनलाई टुंगो लगाउने पनि आफ्नै प्रक्रिया छ। यही कारण संसदलाई भोट गन्न लाम समय लाग्ने भएको हो।

अन्तत: यो लामो प्रक्रिया सकिएपछि बाइडनलाई राष्ट्रपतिमा जितेको प्रमाणपत्र दिइनेछ। २० जनवरीमा उनले संसदको सपथ लिनेछन्। संसदले उनको क्याबिनेट सदस्यको नाम जाँच गरेपछि मञ्जुरी दिनेछ। यस क्रममा ट्रम्पले व्हाइट हाउस छोड्नुपर्ने छ। यदि उनी आफैँ हटेनन् भने उनलाई सुरक्षाकर्मीले बल प्रयोग गरेर निकाल्नेछन्। 

  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार १४:३०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया