विप्लव समूहका काठमाडौं सेक्रेटरी पक्राउ

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीका काठमाडौं जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । 

प्रहरीले काठमाडौं सेक्रेटरी भिमसेन घिमिरेसहित हरिबहादुर चन्द र वीरेन्द्र शाहीलाई पक्राउ गरेको हो । उनीहरुलाई मंगलबार साँझ नै पक्राउ गरिएको हो । तर, यसबारे जानकारी प्रहरीले आजमात्र दिएको हो । 

पक्राउ परेका तिनै जनासँग प्रहरी पार्टीका विभिन्न कागजात पनि बरामद गरेको छ । उनीहरुले पछिल्लो समय काठमाडौंमा चन्दा असुलीको काम गर्दै गरेको भेटिएको बताइएको छ ।





  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार १४:४५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया